Rates Contact EMI

अनिवार्य मासिक बचत

अनिवार्य मासिक वचत
परिभाषाःअनिवार्य मासिक वचत भन्नाले सदस्यहरुले संस्थामा मासिक रुपमा क्रमसः जम्मा गरी पछि फिर्ता हुने गरी अनिवार्य रुपमा जम्मा गरेको वचतको प्रकारलाई जनाउनेछ ।
उद्धेश्यःसदस्यहरुलाई मासिक रुपमा निरन्तर बचत गर्ने बानीको बिकास गराई भविष्यमा गरिने खर्चको लागि  सदस्य भएको शुरु महिना देखिनै अनिवार्य मासिक बचत गर्न उत्प्रेरित गराउने अभिप्रायले यो वचत सेवा संचालन गरिएको हो ।
प्रकृयाः
    १) सदस्य रहुन्जेलसम्म नियमित मासिक रुपमा अनिवार्य वचत गरिरहनुपर्नेछ ।
    २) न्युनतम १० वर्ष वचत गरेपछि वा उमेरले ६५ वर्ष पुरा भएको सदस्यले झिक्न चाहेको अवस्थामा ७५ प्रतिसत वचत फिर्ता गरिनेछ ।
    ३) सदस्यलाई विशेष अवस्था आएमा संचालक समितिको निर्णयले फिर्ता गर्न सकिनेछ ।
    ४) संस्थाको सदस्य भए पछि अनिवार्य रुपमा यो वचत खाता संचालन गरिनेछ । 
    ५) यस शिर्षकको वचत एकमुष्ठ अग्रिम रुपमा पनि गर्न सकिनेछ । 
    ६) यस शिर्षकको वचतलाई सदस्यले ऋण लिदा ८५ प्रतिसत सम्म जमानतको रुपमा लिन सकिनेछ ।
    ७) संचालक समितिले समय समयमा निर्धारण गरे बमोजिम ब्याज प्रदान गरिनेछ । 
    ८) ब्याज त्रैमासिक रुपमा प्रदान गरिनेछ ।
    ९) संस्थाले सदस्यहरुलाई कुनै पनि राहत,सुबिधा,सेवाहरु,सम्मान,पुरस्कार आदि प्रदान गर्दा यस वचतमा नियमिततालाई हेर्नेछ ।
    १०) यस वचतलाई मासिक रुपमा जम्मा गर्नुपर्ने हुन्छ र मासिक जम्मा गर्नुपर्ने रकमको सिमा संचालक समितिले स्विकृत गरी साधारण सभाले अनुमोदन गरे बमोजिम हुनेछ ।