कारोवार बचत
परिभाषाः कारोवार वचत भन्नाले सदस्यहरुले आफु संग भएको रकम चाहेको समयमा इच्छा अनुसार झिक्न र राख्न पाउने गरी जम्मा गरेको वचतको प्रकारलाई जनाउनेछ ।
उद्धेश्यःसदस्यहरुलाई घरमा रकम राखी जोखिम कम गरी नियमित वित्तिय कारोवार गर्न उत्प्रेरित गराउने अभिप्रायले र सदस्यले संस्थामा राखेको शेयरको लाभांश,आवधिक वचत जम्मा गर्ने सदस्यहरुको आवधिक वचतको ब्याज समेत संस्थाको तर्फवाट जम्मा गरिदिनका लागि यो वचत सेवा संचालन गरिएको हो ।
प्रकृयाः
१) यो वचतमा सदस्यहरुले इच्छा अनुसारको रकम वचत गर्न सक्नेछन् ।
२) संस्थाको सदस्य भए पछि अनिवार्य रुपमा यो वचत खाता संचालन गरिनेछ ।
३) सदस्यले न्युनतम रु १०० देखि माथि चाहेजत्ति बचत गर्न सन्नेछ ।
४) यो वचत खाता खोल्दा कुनै पनि अतिरिक्त रकम लाग्ने छैन ।
५) दैनिक मौज्दातमा व्याज गणना गरिने छ ।
६) न्युनतम ५०० देखि माथि बचत रकम झिक्न सकिने ।
७) भुक्तानी पुर्जा मार्फत रकम झिक्न सकिनेछ ।
८) सदस्यलाई आबश्यकता परेमा वा माग गरेमा बचत बिबरण कम्प्युटर प्रिण्ट(Statement) उपलब्ध गराइनेछ ।
९) न्युनतम मौज्दात रु १० हजार कायम गर्ने सदस्यहरुलाई नि शुल्क मोवाइल बैंकिग एपको सुबिधा उपलब्ध गराइनेछ ।
१०) मोवाइल एप मार्फत बचत रकम जम्मा हुदा वा बचत फिर्ता हुदाको अवस्थामा एस एम एस वाट जानकारी पाउन सकिनेछ ।
११) खातामा न्युनतम मौज्दात रु ५००/– हुनुपर्ने ।
१२) अनिवार्य रुपमा निःशुल्क खाता खोलिनेछ ।