Our Profile
बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डौँ जिल्ला,काठमाण्डौ महानगरपालिका वडा नंबर ३१ मा अवस्थित छ । २०५३ साल माघ ३ गते सामाजिक अभियन्ताहरु २९ जना मिलेर यो संस्थाको स्थापना गरिएको हो । यस संस्थाको साबिक जिल्ला सहकारी कार्यालय काठमाण्डौमा द.न. २३२/०५३/०५४ मा दर्ता भई काठमाण्डौ जिल्ला भर कार्यक्षेत्र रहेको छ ।
सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिबृद्धि गर्ने उद्देश्यबाट प्रेरित भई स्थापित यो संस्थाको काठमाण्डौ महानगरपालिका वडा नंबर ३१ ,शान्तिनगर,ओमशान्ति चोकमा आफ्नै ३/५ तलाको आधुनिक भवन पनि रहेको छ । संस्था ACCESS BRANDING कार्यक्रममा सहभागी भइरहेकोछ ।
संस्थाको दुरदृष्टिः “समुदायमा आधारित दिगो वित्तीय सहकारी संस्था ” ।
संस्थाको परिकल्पना: “सहकारी मुल्य मान्यतामा आधारित गुणस्तरीय प्रतिस्पर्धी वित्तीय सेवा मार्फत सदस्यहरुको जीवनस्तर बिकास गर्ने” ।
मुल उद्देश्यः सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास बाबियाखर्क साकोसको निकास
लक्ष्य ः साकोसमा आवद्ध सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिबृद्धि गरी समुन्नत समाजको विकास गर्ने ।
आवद्धता ः संस्था विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा आवद्ध रहेको छ ।
एशियाली ऋण महाँसंघ
नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन)
राष्ट्रिय सहकारी बैंक लि.
काठमाण्डौ जिल्ला वचत तथा ऋण सहकारी संघ लि.