event_img1
07
Jan 2023

नब प्रबेशी सदस्यहरूका लागि बित्तीय साक्षरता कार्यक्रम

बाबियाखर्क वचत तथा ऋण सहकारी संस्था लि.ले आज मिति २०७९ पौष २३ गते शनिबार नब प्रबेशी सदस्यहरूका लागि बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोछ । साकोसकी संचालक सदस्य एवं शिक्षा उपसमितिकी संयोजक श्रीभा न्यौपानेको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा १२५जनाको उत्साहवर्धक सहभागीता रहेको थियो । कार्यक्रममा सदस्यहरुलाई संस्थागत साथै वित्तीय साक्षरता सम्बन्धि जानकारीका अतिरिक्त गीतसंगीत,खेल लगाएतका माध्यमवाट मनोरन्जन प्रदान गरिएको थियो । बाबियाखर्क साकोसका सचिब हरि प्रसाद घिमिरेले बचत गर्ने बानीको विकास गराई आर्थिक रूपमा स्वावलम्बी हुन वित्तीय साक्षरताले सिकाउने धारणा ब्यक्त गर्नुभयो । साथै उहॉले बिभिन्न सदस्यमुखी कार्यक्रमहरु संचालन गरी संस्थाप्रति सदस्यहरुको धारणा सकारात्मक बनाउने बताउनुभयो ।