नब प्रबेशी सदस्यहरूका लागि बित्तीय साक्षरता कार्यक्रम

बाबियाखर्क वचत तथा ऋण सहकारी संस्था लि.ले आज मिति २०७९ पौष २३ गते शनिबार नब प्रबेशी सदस्यहरूका लागि बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोछ । साकोसकी संचालक सदस्य एवं शिक्षा उपसमितिकी संयोजक श्रीभा न्यौपानेको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा १२५जनाको उत्साहवर्धक सहभागीता रहेको थियो ।

कार्यक्रममा सदस्यहरुलाई संस्थागत साथै वित्तीय साक्षरता सम्बन्धि जानकारीका अतिरिक्त गीतसंगीत,खेल लगाएतका माध्यमवाट मनोरन्जन प्रदान गरिएको थियो ।

बाबियाखर्क साकोसका सचिब हरि प्रसाद घिमिरेले बचत गर्ने बानीको विकास गराई आर्थिक रूपमा स्वावलम्बी हुन वित्तीय साक्षरताले सिकाउने धारणा ब्यक्त गर्नुभयो । साथै उहॉले बिभिन्न सदस्यमुखी कार्यक्रमहरु संचालन गरी संस्थाप्रति सदस्यहरुको धारणा सकारात्मक बनाउने बताउनुभयो ।