course_img_big
21May
s

बैज्ञानिक ध्यान (Transcendental Meditation) अभिमूखिकरण

बाबियाखर्क साकोसले सदस्य सेवा केन्द्र,जोरपाटी,काठमाडौंका सदस्यहरूका लागि २०७९ जेठ ७ गते बैज्ञानिक ध्यान (Transcendental Meditation) अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको छ । सदस्यहरूलाई बौद्धिक तथा अध्यात्मिक तवरबाट जागरुक हुने आधारभूत तरिका जानकारी गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

अभिमूखिकरण कार्यक्रममा ध्यान प्रशिक्षक माधब प्रसाद अर्यालले सहजीकरण गर्नुभएको थियो । उक्त अवसरमा बाबियाखर्क साकोसका अध्यक्ष ऋषिराज घिमिरेले आफूले पनि बैज्ञानिक ध्यान नियमित गर्ने गरेको अनुभव सुनाउनु हुदै ध्यानले सकारात्मक सोचको बिकास हुनुको साथै धेरै रोगहरूको उपचार समेत हुन सक्ने बताउनुभयो ।